६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

उच्च हिमालमा हिमपात, पूर्वी पहाड र काठमाडौमा हल्का वर्षा

देशका विभिन स्थानमा बाक्लो कुहिरो तथा हुस्सु देखिन थालेको छ। यसले चिसो बढेको छ भने जीवनयापनसमेत असहज हुने भएकोले सचेतता अपनाउन मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

हाल काठमाडौं उपत्यकालगायत तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको शाखाले जनाएको छ। शाखाले भनेको छ, ‘हाल तराईको अधिकांश स्थानमा तथा पहाडको केहि स्थानमा कुईरो/बाक्लो कुईरो लागेको छ र आगामी २/३ दिन अझै देशका केहि स्थानमा कुईरो/बाक्लो कुईरो लाग्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

हुस्सु तथा कुहिरोका कारण तापक्रम घट्ने भएकोले आवश्यक सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ। शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

तीन दिनको मौसम पूर्वानुमान

मंसिर २६ गते (शुक्रवार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ।

मंसिर २७ गते (शनिवार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

मंसिर २८ गते (आइतवार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भाबना रहेको छ।

राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ।  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*