८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी बराबरीमा रोकियो, अर्को खेलमा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको वेष्ट ब्रोमसँगको खेलमा सिटीले आफ्ना लागि र वेष्ट ब्रोमका लागि गोल गरेको हो ।

३० औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा इल्काइ गुण्डोगानले गोल गरेर सिटीलाई सुरुवाति अग्रता दिलाए । तर ४३ औँ मिनेटमा रुबेन डियाजले आत्मघाती गोल गरेपछि वेष्ट ब्रोमले खेलमा बराबरी गर्न सक्यो ।

यस्तै मंगलबार राति नै भएको खेलमा वुल्भ्सले चेल्सीलाई २–१ ले पराजित गरेको छ । पाँचौँ स्थानको चेल्सीका लागि ४९ औँ मिनेटमा ओलिभर जिरउडले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए । तर त्यो जोगिन सकेन ।

वुल्भ्सका लागि ६६ औँ मिनेटमा पोडेन्से र इन्जुरी समयको पाँचौं अर्थात ९५ औँ मिनेटमा नेटोले गोल गरे । पराजित भएको चेल्सीको १३ खेलबाट २२ अंक भएको छ । २० अंकसहित वुल्भ्स १० औँ स्थानमा उक्लिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*