१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

आज ६८ औँ विश्व कुष्ठरोग दिवस


आज ६८ औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ। दिवसको यस वर्षको नारा ‘‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’’ भन्ने तय गरिएको छ।

आजको दिन कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्धेश्यले देशका विभिन्न स्थानमा जनचेतनामूलक ¥याली तथा कार्यक्रमको आयोजना गरिदैँछ।
कुष्ठरोग प्रभावितहरुप्रति जागरुकता देखाउने उदेश्य अनुसार सन १९५४ देखि विश्वभर यो दिवस मनाइदै आइएको छ। यो रोग माइकोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणको कारणले लाग्दछ।

संक्रमणको शुरुवातमा कुनै लक्षण देखा नपर्ने यस रोगको समयमै उपचार हुन नसके मानिसको ज्यानै जानेसमेत जोखिम रहने चिकित्सकहरु बताउँछन्। नेपाल सरकारले सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको भएपनि त्यसो नरहेको विज्ञहरुले बताउने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६र७७ मा १ हजार ८ सय ५३ जना कुष्ठरोगी फेला परेका छन्। जसमध्ये १४ वर्षमूनिका बिरामीको संख्या १ सय ४१ रहेको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*