१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

आज ४५ औं राष्ट्रिय मिलमिलाप दिवस मनाइँदै


नेपाली कांग्रेसले आज ४५ औं राष्ट्रिय मिलमिलाप दिवस मनाउँदैछ। केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय भएअनुसार आज ७७ जिल्ला कार्यसमितिले आ-आफ्नो जिल्लामा मेलमिलाप दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन्। २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्कनुभएको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।

त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरु जिल्ला हुने मेलमिलाप दिवसका कार्यक्रममा सहभागि हुनेछ । पौडेल कास्की र सिंह चितवनको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।

सभापति शेरबहादुर देउवाले भने भर्चुअल माध्यमबाट मेलमिलाप दिवसमा बोल्ने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। बिहान ९ः३० बजे सूचना, सञ्चार तथा प्रचार विभागले नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता भर्चुअल कार्यक्रम राखेको छ। उक्त कार्यक्रमको प्रमुख वक्ता सभापति देउवा र नेता प्रदीप गिरि छन्-

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*