६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

आज देखि नयाँ नोट साट्न सुरु, बैंकहरुमा नोट साट्नेको भिड


नेपाल राष्ट्र बैंकले बडा दशैंलाई लक्षित गर्दै सोमबार (आज) देखि नयाँ नोट साट्न सुरु गरेको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट साट्न सुरु गरे पछि त्यहाँ नोट साट्नेको लाम लागेको छ ।


नयाँ नोट साट्न एक जनाले पाँच, दश, बिस, पचास र सय रुपियाँको १८ हजार पाँचसय सम्म मात्र साट्न पाउँने सुविधा छ ।
यसका लागि झण्डै १० अर्ब रुपियाँको नयाँ नोट छापिएको राष्ट्रि बैंक श्रोतले जनाएको छ ।


त्यस्तै उपत्यका बाहिरकालागि राष्ट्रि बैंकको प्रादेशिक कार्यालय वा बाणिज्य बैंकका शाखा कार्यालयहरुबाट नयाँ नोट सटहीको व्यवस्था मिलाईएको पनि राष्ट्र बैंकले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*