१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

आउँदो जेठमा कोरियाली भाषा परीक्षा हुने

२८, फागुन, काठमाडौँ । आउँदो जेठ महिनामा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा हुने भएको छ । वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले मंगलबार (आज) एक सूचना जारी गरि भाषा परीक्षाका लागि आउँदो चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।
आवेदकको परीक्षा काठमाडौँ र पोखरा गरि दुई ठाउँको केन्द्रबाट सञ्चालन गरिने शाखाले जाएको छ । परिक्षार्थीले दरखास्त दर्ता गर्दा नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् ।
भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट धधध।भयभचक।भउकलभउब।िनयख।लउ बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।


यसै बिच कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएकोे कोटा यस पटकदेखि वृद्धि गराएको छ । सन २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।
पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने समेत कोरियाले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*