३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

आईसीसी विश्वकपमा नेपाल र अमेरिका भिड्दै

नेपालको विजयमा सुपर सिक्सको यात्रा सहज हुने


जिम्बावेको राजधानी हरारेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।

जिम्बाबे राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट हुने छ । यो प्रतिस्पर्धामा नेपालले अमेरिकालाई पराजित गरेको खण्डमा सुपर सिक्समा पुग्न सहज हुने छ ।

यसअघि असार ३ गते भएको प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग नेपाल अप्रत्यासित रुपमा पराजित भएको थियो । राम्रो ब्याटिङ लय देखाएर पनि नेपाल जिम्बाबेसित बलिङ र फिल्डिङका कारण निरीह बन्यो ।

सो खेलमा नेपालका ओपनर ब्याटरले कीर्तिमानी साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेल शतकबाट १ रनले टाढा रहे भने अर्का ओपनर आसिफ ६६ रनमा क्याचआउछ भए । उनीहरुले १७१ रनको साझेदारी गरेका थिए ।

आफ्नो पहिलो म्याचका कमजोरीहरुलाई सुधार गर्दै नेपाल दोस्रो खेलमा पहिलो जितको उद्देश्यसहित मैदानमा उत्रँदैछ । यो खेल जित्दा नेपाललाई सुपर सिक्सको यात्रा सहज हुने छ । नेपालसहित पाँच देशको सहभागिता रहेको प्रतियोगितामा ३ टिम सुपर सिक्समा छनौट हुनेछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*