७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

रहेनन् क्रान्तिकारी गायक टुहुरे

गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ ।
प्रगतिशील जनवादी तथा क्रान्तिकारी गायकका रुपम परिचित टुहुरेको ७८ बर्षको उमेरमा बिहिबार निधन भएको हो ।
मस्तिष्कघात भएर बल्खु स्थित बयोधा अस्पतालमा उपचाररत टुहरेकोको निधन भएको अस्पताल श्रोतले पुष्टी गरेको छ ।
यहि भाद्र १ गते आफ्नै निवास कलंकीमा एक्कासी लडेका उनलाई उपचारकालागि बल्खु स्थित बयोधा अस्पताल पुर्याईएको थियो । अस्पतालम मस्तिष्कघात भएको पत्तालागे पछि उनको त्यही भ्रर्ना गरेर उपचार सुरु गरिएको थियो ।
गायक टुहररेको पत्नी सत्यदेवी एक छोरा र चार छोरी गरी ६ जनाको परिवार छ ।
टुहुरेको शव बिहीबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारीक श्रोतले जनाएको छ ।
गायक टुहुरेले आमा दिदी बहिनी, बसाईं हिँड्नेको ताँतीले, आँधी खोलैले, चौरी चर्ने ठाउँमा, छोराहरु होु, जुनीभरी मुटुु, दुःखको बोझ, रातको अनिदो लगायतका थुप्रै चर्चित गीत गाएका छन् ।
क्रान्तिकारी गीत गाएकै कारण कयौंपटक जेल परेका टुहुरे नेकपा माओबादीबाट २०७० मा संविधानसभा सदस्य समेत भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*