१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

अविस्वास राख्दा पनि, संसद भंग गर्दापनि मलाई सोधिएन : बामदेव गौतम

नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले अल्पमतमा परेको अवस्थामा राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभामा बिहीबार बोल्दै गौतमले आफू प्रधानमन्त्री ओलीको कटु आलोचक रहेको भन्दै प्रधानमन्त्री ओलीको कार्यशैलीले नै पार्टीमा धेरै विवाद उत्पन्न गराएको बताए ।

उनले भने–‘उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो। उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाव राखेको छु । एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला। कठिन परिस्थितिमा एक ठाउँमा छौं। तर प्रतिनिधि सभा भंग गर्दा उहाँले सोध्नुभएन, मलाई थाहा थिएन।’

उनले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट पराजित गर्ने काम होला भन्ने आफूले नसोचेको पनि बताए। नेता गौतमले अविश्वास प्रस्ताव लैजाँदा आफुलाई नसोधिएको र प्रतिनीधिसभा विघटन गर्दा पनि आफुलाई नसोधिएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*