८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

अर्थमन्त्री खतिवडाले राजिनामा दिए, राष्ट्रपतिबाट आजै स्वीकृत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा स्वीकृत भएको छ । खतिवडाको राष्ट्रिय सभा सदस्य पद आजैबाट सकिने भएपछि उनले मंगलबार दिउँसो राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए ।
खतिवडाको राजीनामा स्वीकृत भए सँगै उनले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकीएको राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालले बताए ।
अर्को व्यवस्था नभए सम्म नेपालको संविधानको धारा ७७ को उपधार २ अनुसार अर्थ र सूचना तथा प्रविधि मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हान्ने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*