८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति बाइडेनको शपथ हुदै तर ट्रम्प भने कार्यक्रममा नजाने

अमेरिकी नबनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज बुधबार सपथ लिदैछन् । अमेरिकी परम्परा अनुसार जनवरी २० का दिन उनले सपथ लिन लागेका हुन् ।

यो दिन नवनिर्वाचित राष्ट्रपतिलाई स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिने परम्परा छ । उनले राति १०ः४५ मा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिने कार्यक्रम तय भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

त्यहाँ स्थित क्यापिटल हिलमा सामान्य तरिकाले शपथ कार्यक्रम हुनेछ । यही जनवरी ६ मा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले गर्न लागिएको हो । शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा समेत बनाइएको एजेन्सीहरूले जनाएका छन् ।


तर बाइडेनको सपथ तथा आफ्नो बिदाई कार्यक्रममा ट्रप भने सहभागी नहुने भएका छन् । यस अघिको एउटा भाषणमा आफु शपथ कार्यक्रममा सहभागी नहुने ट्रपले बतईसकेका छन् ।
अमेरिकाको इतिहासमा नवनिर्बाचित राष्ट्रपतिको शपथ कार्यक्रममा भाग नलिने राष्ट्रपति मध्य उनि चौथौं राष्ट्रपति हुनेछन् ।


यस अधि सन् १८०१ मा जोन एडम, १८२९ मा क्विन्स एडम्स तथा १८६९ मा एन्ड्रयु जोनसन शपथ कार्यक्रममा सहभागी भएका थिएनन् ।


एजेन्सीहरुका अनुसार योे शपथ कार्यक्रममा अमेरिकाका पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा उनकी श्रीमती लौरा बुस, बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा तथा विल क्लिन्टन तथा श्रीमती हिलारी क्लिन्टन आउने कार्यक्रम तय भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*