१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

अप्ठेरोमा परेका कलाकारलाई राहत बितरणमा जुट्यो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल

राष्ट्रिय तथा लोकदोहोरीगीत प्रतिष्ठान नेपाल र लोक दोहोरीगीत उपत्यका समन्वय समितिले आईतबार कलाकारहरुलाई राहत बितरण गरेको छ ।


कोरोना महामारीको समयमा अप्ठेरोमा परेका कलाकारलाई सहयोग गर्ने उदेश्यले राहत सामग्री बितरण गरिएको लोक दोहोरी प्रतिष्ठान नेपालका प्रशासनीक सचिव कृष्ण रेउलेले जानकारी दिए ।
प्रतिष्ठानको केन्द्रिय कार्यालयमा सम्पर्कमा आएका कलाकारहरुलाई चामल, दाल, तेल, सेनिटाईजर लागायतका सामग्री बितरण गरिएको छ ।


अहिले सम्म अप्ठेरोमा परेका झण्डै ५ सय कलाकार आफुहरुको सम्पर्कमा आएको र अप्ठेरोमा परेका अन्य कलाकार भए राहतकालागि सम्पर्कमा आउन समेत सचिव रेउलेले आग्रह गरे ।
प्रतिष्ठानका सल्लाहकार, शुभचिन्तक तथा सहयोगीहरुबाट संकलित राहत सामग्री बितरण गरिएको हो ।


पुनः आउदो जेष्ठ २६ गते अप्ठेरोमा परेका र राहत लिन छुटेका कलाकारहरुले प्रतिष्ठाको केन्द्रिय कार्यालयमा सम्पर्क गर्न सकिने प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए ।
राहत लिन बितरण संयोजक तथा उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल संग पनि सम्पर्क गर्न सकिने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*