१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

अन्ततः प्रदेश ५को राजधानी दाङ्ग बनेरै छाड्यो ।

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ्ग बनेको छ । राजधानीको नाम लुम्बिनी राखिएको छ ।
दाङ्गलाई राजधानी बनाउने प्रस्ताव मंगलबार भएको प्रदेश संसदको मतदानमा दुई तिहाई मतले पारित भए संगै प्रदेश राजधानी दाङ्ग बनेको हो ।
जिल्लाको पूर्वी भेग देउखुरीकोे भालुवाङलाई केन्द्र बनाएर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.ले राखेको प्रस्ताव निर्वाचन प्रक्रिया मार्फत टुङ्गो लागेको हो ।
सरकारले प्रस्ताव गरेको पक्षमा दुई तिहाइ ६९ मत र प्रस्तावको विपक्षमा जम्मा १३ मतमात्र परेको श्रोतले बताएको छ ।
प्रदेश पाँचका कुल ८७ मध्ये ८२ सांसदको उपस्थितिमा मतदान भएको थियो ।
सभामा कानुन मन्त्री के.सी.ले राखेको प्रदेशको नाम लुम्बिन राखियोस् भन्ने प्रस्ताव पनि दुई तिहाइले नै पारित भएको छ ।


लामो समय देखि दाङ्गलाई प्रदेश राजधानी बनाउने भन्ने बहस हुदैं आएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*