६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवद्र्धन गर्न जरुरी :राष्ट्रिपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवद्र्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताएका छन् ।

पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उनले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवद्र्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने बताए ।

नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा समेत गरे ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।

उनले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव समे दिए !

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*