१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

अघिवेशन अन्त्य भएको ६ महिना वित्न लाग्दा पनि संसद बोलाउन आलटाल

लामो समयसम्म संसद् अधिवेशन नहुँदा जनताको आवज सुनाउने ठाउँको रिक्तता छाएको छ। तर संघीय संसद्को अधिवेशन नभएको पाँच महिना बितिसक्दा पनि सरकारले यसबारे कुनै तयारी भने सुरु गरेको छैन। सभामुख अग्निप्रसाद सापकोटाले पनि अधिवेशन बोलाउने कुनै पहल गरेका छैनन्। संघीय संसद् सचिवालयले भने संसद् भवनमा सांसद बस्ने व्यवस्थापनको काम सकिसकेको छ। गत असार १८ गते अन्त्य भएको अधिवेशन मंसिरमा सुरु नहुने भएको छ।

अधिवेशन बोलाउन सरकारले चासो नदिँदै सरकार संसदबाट भाग्न खोजेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ। सरकारले संविधानबमोजिम एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर छ महिनाभन्दा बढी गर्ननहुने भन्ने व्यवस्थामा टेकेर आगामी पुस १७ गतेभित्र बैठक बस्नेगरी अधिवेशन आह्वान गर्ने तयारी गरेको छ।

सरकारको यस्तो तयारी हो भने त्यो मितिलाई अगाडि नै ल्याउनका लागि सभामुख सापकोटाले एकपटक पनि न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् नत प्रधानमन्त्री केपी ओलीसँग नै। उनले सम्बन्धित मन्त्रीलाई पनि बोलाएर छलफल गरेका छैनन्।

सरकारले गत असार १८ गतेको संसद् अधिवेशन सभामुखलाई नै थाहा नदिई अन्त्य गरिदिएपछि उनलाई एउटा चोट परेको छ, त्यो चोटले गर्दा सभामुखले अधिवेशन बोलाउन कुनै पनि पहल नगरेको चर्चा संसद सचिवालयमा चल्न थालेको छ ।

कांग्रेस सांसद राधेश्याम अधिकारीले भने संसद्लाई बिजनेस दिने काम सरकारको भएको र सरकारले आफ्नो अनुकूलता हेरेर संसद् अधिवेशन बोलाउने बताए। तर, संसद् लामोसमयसम्म बन्द गरेर धमाधम अध्यादेश जारी गरेकाले संसद् अविधेशन बोलाउनु पर्ने कुरा जबरजस्त रूपमा उठेको अधिकारीको भनार्ए छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*