१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

अख्तियार सरकारको लाचार छाया होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग नियन्त्रण आयोग सरकारको लाचार छाया नभएको बताएका छन् । अख्तियार दिवसको अवसरमा आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको भन्दै त्यो नीति परिणाम निकाल्नका लागि भएको बताए । उनले त्यस्ता कुरा नियन्त्रणका लागि सरकारबाट पनि कामको थालनी भएको र अख्तियार पनि प्रभावकारी भएर अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अख्तियारलाई प्रभावित पार्न विभिन्न ठाउँबाट धम्की आउने भन्दै त्यसबाट सुरक्षा दिने काम सरकारको भएको बताए ।

उनले धाक लगाउनेहरु कुनै असल मानिस पनि नभएको र उनीहरुसँग थर्काउन कुनै शक्ति पनि नरहेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि सिंगो समाजको नै साथ आवश्यक हुने भन्दै भ्रष्टाचार नियन्त्रण गरेरै छाड्ने बताए । ओलीले अख्तियारमा एकजना सदस्यबाहेक प्रमुख आयुक्तसहित सबै नयाँ आएको भन्दै ढुक्क भएर काम गर्न शुभकामना दिएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*