११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

९ महिनापछि काठमाडौं–नयाँ दिल्ली हवाई सेवा सुरु

९ महिना पछि आजदेखि काठमाडौं–नयाँ दिल्ली हवाई सेवा सुरु भएको छ । सरकारले गत चैत ११ मा देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि काठमाडौं–नयाँ दिल्ली उडान बन्द भएको थियो । \

आज पहिलो पटक नेपाल एयरलाइन्सले यो रुटमा उडान भरेको छ । नेपाल वायु सेवा निगमको ए–३२० जहाज आज बिहान ११ः२० बजे यात्रु लिएर नयाँ दिल्ली प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एउटा जहाज दिल्ली जाने छ ।

सोही जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ ।दुई देशका सरकारबीच भएको सहमति अनुसार दुवै देशले अब दैनिक एक एक वटा उडान भर्ने छन् । सोही अनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ । एयर इण्डियाले भने उडान मिति तोकिसकेको छैन । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*