१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

३० केजि चरेस सहित तिन पक्राउ



०५, फागुन, बुटवल – विशेष सूचनाको आधारमा ३० किलोग्राम लागुऔषध चरेससहित तीन जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय राजु कुमार स्याङताङ, सोही नगरपालिका वडा नंं ९ का ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन ।
प्रहरी विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल बसपार्कबाट उनीहरूलाई शनिबार साँझ करिव ६ बजे पक्राउ गरेको हो ।
मकवानपुरबाट आलुसहित बोरामा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए ।
आलुको बोरामा लुकाएर बुटवल बसपार्कबाट अटोरिक्सामा राखी इँट्टाभट्टातर्फ लैजाँदै गर्दा उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।
थप अनुसन्धानको लागि उनिहरुलाई ईलाका प्रहरी कार्यालयलय बुटवलमा राखिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*