१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

सभापतिको उमेदवारी घोषणा संगै निधिले सम्पर्क कार्यालय पनि खोले

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महधिवेशनमा आफुले पार्टी सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वर स्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उपसभापति निधिले नेपाली काँग्रसलाई पहिलो पार्टी बनाउन पनि आफुले सभापतिमा उमेदवारी दिनलागेको बताएका हुन् ।
कसैलाई सक्षम र ससक्षम बनाउन भन्दा पनि नेपाली काँग्रेसलाई मजबुद र स्थापित गराउनका लागि पनि आफु सभापतिको उमेदवार बन्न लागेको बताएका हुन् ।
नेपाली काँग्रेसको दुरदर्शिताका कारण संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको भन्दै नेता निधिले कांग्रेसले गुटभन्दा माथि उठेर जनता तथा कार्यकर्ताको चाहना अनुसार कामगर्ने प्रतिवद्धता जनाउनुपर्ने बताए ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै निधिले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने र त्यसकालागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्न तैयार रहेको समेत बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*