१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

१४औं महाधिवेशन समयमै हुनुपर्छ : डा. कोईराला


१३, फाल्गुन, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाले सोमबर (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशन समयमै हुनुपर्ने बताएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताउँदै केन्द्रीय सदस्य कोईरालाले पार्टीलाई बलियो बनाउने कुरामा कसैले अवरोध सृजना गर्न नहुनेमा जोड दिए ।
नेपाल विद्यार्थी संगमा भएको विवादले परिणाम राम्रो नदिने हुनाले यसलाई समयमै समाधान गरेर अगाडी बढे पार्टीलाई फाईदा हुने विश्वास व्यक्त गरे । विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको समेत जानकारी दिए ।
केहि समय यता देशमा शान्ति सुरक्षा र न्यायपालिका माथी प्रस्न चिन्ह उठनथालेको भन्दै केन्द्रीय सदस्य कोईरालाले शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्ने सुझाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*