६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

हेलिकप्टर दुर्घटनाका मृतक प्रति राष्ट्रपति भण्डारी टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण

१७। फाल्गुन, काठमाडौँ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरिन ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विशिष्ट व्यक्तिले पनि टुँडिखेल पुगेर मृतकहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन । श्रद्धाञ्जलीका लागि स्व. अधिकारी सहित सातै जनालाई श्रद्धाञ्जली दिन टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ ।
दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । बिहीबार नै गर्ने भनिएको श्रद्धाञ्जलि कार्यक्रम शव परीक्षणको जटिलताका कारण आजका लागि सारिएको थियो ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरि मन्त्री अधिकारीसहितको टोली पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेका थिए ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*