७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

हुरीबतासले बारामा ठुलो धन–जनको क्षेति

१९, चैत्र, काठमाडौं । आईतबार बेलुका आएको बिनाशकारी हुरी बतास् संगैको भूमरीले बारा जिल्लामा पुगेको मानविय तथा भौतिक क्षेतिले मुलुक स्तव्ध बनेको छ ।
बेलुक करिब ७ बजे बाट आएको हुरी बतास्ले जिल्लाका बिभिन्न स्थानमा गरि २९ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । ४ सय बढि घाईते भएका छन् । हुरी बतास झण्डै २५ मिनेट आएको स्थानिय बासीले बताएका छन् ।
भूमरीका कारण सैयौं परिवार घरबार विहीन भएका छन् । दर्जनौ चौपाय मरेका छन् । घाईतेहरुको अहिले बिरगंजका स्थानीय अस्पताल उपचार भैरहेको छ, भने सक्त घाईतेलाई नेपाली सेनाको स्काई ट्रक बिमानबाट थप उपचारकालागि काठमाडौ ल्याईएको छ ।
हावाहुरीका कारण त्यस क्षेत्रको झण्डै दुई हजार बिद्युतका पोल भाँचिएका छन् । बिद्युत, टेलिफोन तथा सञ्चार क्षेत्रमा समेत अबरोध भएको छ ।
अहिले त्यस क्षेत्रमा उद्दारकालागि नेपाली सेन, ससस्त्र प्रहरी, जनपथ प्रहरी खटिएका छन् ।
यसै बिच राष्ट्रपति बिद्यादेबि भण्डारी एवं उपराष्ट्र नन्द किशोर पुनले आईतबार (हिजो) बारा आएको हावा हुरीले पुर्याएको घटना प्रति दुःख व्यक्त गरेका छन् । घाईतेको उपचारको व्यवस्था र राहत बितरणमा कुनै कमि नराख्न राष्टपतिको कार्यालयले सरकारको ध्यान आर्कषण गराएको छ ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि हिजाको घटना प्रति दुख व्यक्त गरेका छन् । गृहमन्त्री थापाले घाईतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । साथै उनले राहत चाँडै पुर्याउन मातहतका निकायले निर्देशन समेत दिएका छन् ।
त्यस्तै नेपाली काँग्रेका सभापती शेरबाहादुर देउबाले पनि हिजोको घटना प्रति दुःख व्यक्त गरेका छन् । मृतक परिवार प्रति समबेदना प्रकट गर्दै पार्टि सभापती एवं पुर्व प्रधानमन्त्री देउबाले घाईते उपचारमा सरकार संबेदनशिल भएर लाग्नु पर्ने बताए । उनले पार्टिका नेता तथा कार्यकर्तालाई उद्दार तथा राहत बितरणमा लाग्न निर्देशन समेत दिएका छन् ।


यसै बिच सोमबार दिउँसो प्रधानमन्त्री के.पी ओलीले बाराको हावा हुरी प्रभावित क्षेत्रको हवाई निरिक्षण गरेका छन् । प्रधानमन्त्री ओली झापामा पुर्व आयोजित कार्यक्रमलाई स्थगन गरेर हावा हुरी प्रभावित क्षेत्रको निरिक्षणमा आएका हुन् । प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा उद्दार र राहतमा कुनै कमि हुन नदिन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्रीले मृतका परिवार तथा घाईतेहरुलाई स्थानिय अस्पतालमै पुगेर भेटेका छन् ।
उनि संग उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा समेत अस्पताल पुगेर घाईतेको अवस्था र क्षेतिबारे जानकारी लिएका छन् ।
हावा हुरीले गढीमाई नगरपालिका, कलैया नगरपालिका, पचरौता नगरपालीका, प्रसौनि गाँउपालिका, फेटा गाँउपालिका, सुर्बण गाँउपालिका, परवानीपुर गाउँपालिका लगाएतका क्षेत्रमा ठुलो मात्रामा क्षेति पुरयाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*