८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

हिलारी क्लिन्टन आउँदो चुनाबमा राष्ट्रपतिको उम्मेदवार नबन्ने

२१,फाल्गुन वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आउँदा सन २०२०मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएकी छन् ।
क्लिन्टनले आफु उमेदवार नभए पनि निर्वाचनमा भने सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने बताएकाी छन् ।
अमेरिकी एक टेलिभिजन न्युज १२ लाई सोमबार दिईएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले निर्वाचनमा सक्रियताका साथ डिमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्ने बताईन् ।
डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकाङ्क्षीहरूलाई सङ्केत गर्दै उनले ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिवद्धता पूरा नभएका बिषयको लामो सूची रहेको बताउदै कुनै कुराको ग्यारेन्टी नभएको बताईन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*