१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था स्थापनाका लागि राप्रपाद्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणअन्तर्गत संघर्षका कार्यक्रम घोषणा गरिएको राप्रपा केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घोषित संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल ¥याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने जनाइएको छ ।

पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ राप्रपाले जनाएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने पनि जनाइएको छ । केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा।प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको राप्रपाले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*