१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

हिउँदे बालीलाई लक्षित गर्दै २५ हजार मेट्रिकटन मल भित्रदै

नेपालमा २५ हजार मेट्रिकटन रासायनिक मल भित्र्याईदै छ ।
पछिल्लो समय उत्तरी छिमेकी देश चिनबाट ल्याउन लागिएको रासायनिक (डिएपी) मल भारतको बाटो हुदैं नेपाल आउन लागेको हो ।
नेपालको सिमावर्ती क्षेत्र भारतमा आई सकेको मल नेपालका ३ सिमा नाका बाट नेपाल ल्याउन लागिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेशका अनुसार वीरगञ्ज, विराटनगर र भैरहवा नाका हुर्दै मल नेपाल भित्रर्याईने छ ।
भित्रिन लागेको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी मध्ये नौ हजार भैरहवा नाकाबाट, नौ हजार ५०० वीरगञ्ज नाकाबाट र छ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल ल्याईने छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा उपलव्ध हुने यो परिमाणको मल गहुँ, मकै, तोरी लगाएतका हिउँदे बालीका लागि कृषकहरुलाई सहज हुने छ ।
मल भारतीय सप्लायर्स कम्पनी इञ्जीयन पोटास लिमिटेडमार्फत नेपाल ल्याउन लागिएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*