८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

स्वर्गीय अधिकारी प्रति (नेकपा) पार्टी अध्यक्षद्वय द्वारा श्रद्धाञ्जलि अर्पण, भ्रमरपुरा बासी शोकमग्न

१९, फाल्गुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता एवं पूर्वउप–प्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको स्व. अकिारीको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन ।


उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ ।
आईतवार मध्याह्न १२ बजेसम्म स्वर्गीय अधिकारीको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको बताईएको छ । अहिले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको घुइँचो लागेको छ ।
यसै बिच नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको आईतबार (आजै) सम्पन्न बैठकले सनिवार काठमाडौको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
बैठकले आईतबार, सोमबार र मंगलवार सम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । बैठककले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टीले श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वर्गीय अधिकारीको जन्मस्थान शोकमग्न
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीको मृत्यु प्रति महोत्तरीको भ्रमरपुरा बासी शोकमग्न भएका छन् । पिता रामचन्द्र अधिकारी जागिरका क्रममा महोत्तरीको भ्रमरपुरामा छँदा विसं १९९३ मा भरतमोहन अधिकारीको जन्म भएको थियो । बाल्यकाल महोत्तरीको भ्रमरपुरामा बिताएका अधिकारीको शोर्गारोहन भएकोमा महोत्तरीबासीले गहिरो दुःख संगै समबेदना व्यक्त गरेका छन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*