७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

सुनको मूल्य घट्यो

पहेंलो धातु सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल र तेजाबी सुनको मूल्यतोलामा ६ सय रुपैयाँले घटेको छ ।
मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९२ हजारमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १५रुपैयाले घटेको छ । चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य मंगलबार एक हजार दुई सय पैसठ्ठीमा कारोबार भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*