१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सुदुरपश्चिमका पहाडी जिल्लाका महिलाकालागि निशुल्क स्वास्थ्य शिबिर

संगिता तिमिल्सीना
१९, फाल्गुन, बाजुरा । आँङ्ग अर्थात (पाटेघर) खस्ने महिलाहरुलाई मध्यनजर गरि सुदुरपश्चिमका बिभिन्न ९ पाहाडी जिल्लामा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरीने भएको छ । सुदुरपश्चिमेली नेपाली समाजको छाता संगठन सुदुरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिले उक्त निशुल्क शिविरको आयोजना गर्न लागेको हो ।
समयमै स्वास्थ्य उपचार पाउन नसक्ने सुदुरपश्चिमको पहाडी भेगमा महिलाहरुमा ग्रसित आङ्ग खस्ने (पाठेघर) को समस्यालाई मध्यनजर गरी शिविरको आयोजना गर्न लागिएको सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष डम्बर विश्वकर्माले बताए ।
निःशुल्क स्वास्थ्य शिविर यहि फाल्गुन २६ र २७ गते डोटीको शिखर नगरपालिका, फाल्गुन २९ र ३०मा बाजुराको बुढीगंगा नगरपालिका, चैत २ गते डडेलधुराको भागेश्वर गाउँपालिका र चैत ३ गते अजयमेरु गाउँपालिकामा बस्ने छ । मायामेट्रो हस्पिटल प्राइभेट लिमिटेडको प्राबिधिक सहयोग तथा सुदुरपश्चिमेली नेपाली समाजको आयोजनामा हुने सो शिविरको सबै तयारी पुरा भईसकेको आयोजकले बताएको छ ।
मायामेट्रो हस्पिटल प्रा.लि.का बरिष्ठ गाइनोलोजिस्ट सहितको टोली उपचारकालागि तयारी अवस्थामा रहेको सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष बिश्वकर्माले जानकारी दिए ।
सुदुरपश्चिमेली नेपाली समाजका (भारत, मलेसिया, मकाउ, कतार, युएइ बहराइन, कुबेत, इजरायल, जापान, कोरिया, अस्ट्रेलिया, डेनमार्क, अमेरीका, क्यानाडा, अफ्रीका )मा रहेका नेपालीले शिबिरलाई आर्थिक सहयोग गर्नेछन् ।
पहिलो पटक अयोजित निशुल्क शिविरवाट पहाडी भेगका सैयौं महिलाले यो समस्याको उपचार गराउने अवसर पाउने छन् । समजमा खुलेर आफुमा भएको आँङ खस्ने समस्या बताउन नसक्ने महिलालाई परिवार तथा आफन्तको सहयोगमा शिविर सम्म पुरयाउन आयोजकले आग्रह गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*