१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सिप, ज्ञान र मेहेनतलाई ठुलो मान्ने बुद्धिरामको तरकारी खेतिबाटै जिवन स्तर फेरीदै

रोल्पा जिल्लाको सदरमुकाम लिवाङका बुद्धिराम खड्का ५३ बर्षका भए । ढल्कदो उमेरमा खड्का आजकाल घर नजिकैको तरकारी बारीमा बेस्त हुन्छन् ।
खड्का आज भन्दा ५ बर्ष अघि रोजगारीका लागि छिमेकी देश भारतमा थिए । घरको अवस्था कमजोर तथा गाउँघरमा रोजगारी नपाउँदा भारत जानु परेको उनको भनाई छ । “पढ्लेख नगरेका कारण जागिर पाईएन, त्यसैले पनि घरमा किन खालि बस्ने भन्दै भारत गएको हुँ” उनि भन्छन् ।
बुद्धिराम झण्डै ९ बर्ष भारत बसेका थिए । यति बर्ष भारत बसेर काम गर्दा खानलाउन बाहेक केहि प्रगति भएन् । त्यसैले आफ्नै ठाउँमा केहि गर्ने उदेश्यले नेपाल फर्किएको खड्काको भनाई छ ।
बुद्धिरामले रोल्पा नगरपालिका वडा न. २ मा झण्डै ७ रोपनी जग्गा भाडामा लिएका छन् । भाडामा लिएको जग्गामा अहिले तरकारी खेति गर्दै आएका छन् । २०७४ साल देखि तरकारी खेति सुरुगरेको उनको बारीमा बिभिन्न थरीका तरकारी पाईन्छन् । खासै ठुलो मेहेनत गर्नु नपर्ने भएकाले पनि आफुमा तरकारी खेति गर्ने सोच आएको उनको भनाई छ ।
बुद्धिरामको बारीमा टमाटर, काउली, बन्दा, तितेकरेला, काँक्रो, भेडे खुर्सानी, पिरो खुर्सानी लटरम्मै फलेका भेटिन्छन् । सिजन अनुसार उनले अन्य प्रकारका तरकारीको खेति पनि गर्दै आईरहका छन् ।


सिजन अनुसारका तरकारी खेति गर्ने भएकाले पनि अधिकांस स्थानिय लिवाङ् बजार तथा आसपासका गाउँमै तरकारी बिक्रि हुन्छ रे । अलि धेरै भयो भने दाङ जिल्लाको भालुवाङ, रुपन्देहीको बुटवल सम्म पठाउने गरेको बुद्धिराम बताउँछन् ।
बुद्धिरामको दुई भाइ छोरा, आमा, श्रीमती र आफु गरी ५ जनाको परिवार छ । घर खर्च, बाल बच्चाको पढाई, भाडामा लिएको जग्गाको भाडा सवै यहि तरकारी व्यवसायबाट चलाउने गरेको उनको भनाई छ । यति सवै गरेर बार्षिक भण्डै ३ लाख बचत हुने बुद्धिराम बताउँछन् ।


४ बर्ष पहिले रोल्पाको उद्योग बाणिज्य संघले संचालन गरेको तरकारी खेति सम्बन्धी तालिम लिने अवसर मिलेको थियो बुद्धिरामलाई । उन्नत जातको तरकारी खेति गर्ने सिप त सिके उनले, तर आफु संग पैसा नभए पछि त्यत्तिकै टोलाई रहन्थे उनि गाउँघरमा ।
युवा तथा साना व्यवसायी सोरोजगार कोषले व्यवसाय गर्नेकालागि कर्जा दिन्छ रे त्यसको लागि सहकारी संस्था संग समन्वय गर्नु पर्ने थाहपाएको उनि बताउँछन् ।
बुझ्दै जाँदा मेचिकाली बचत तथा ऋण सहकारी संस्थाको सम्पर्कमा पुगेर र दुई पटक गरी एक लाख ऋण लिए बुद्धिरामले । अनि आफुले तरकारी खेति सुरु गरेको भन्छन् ।
तरकारी खेति सुरु गरी व्यवसाय बढ्न थालेपछि बुद्धिरामलाई आजकाल घर खर्च चलाउन पैसाको खासै समस्या पर्दैन रे । “चाहेको बेला दश बिस हजार मज्जाले निकाल्न सकिन्छ” उनि भन्छन् ।
बिदेश जाने र धेरै पैसा कमाईन्छ भन्ने सोच उनिमा छैन आजकाल । मेहेनत गरे आफ्नै भिरपाखामा राम्रै आम्दानी गर्न सनिने उदाहरण स्वंम आफु भएको बुद्धिराम बताउँछन् ।
आफै देशमा राम्रो आम्दानी गरिरहेकोले उनि अन्य बिदेशको सपना देख्ने युवाहरुलाई बाहिर नजान सल्लाह दिन्छन् । परिवार संग संगै, सुरक्षा र आम्दानी जस्ता कुरा आफ्नै देशमा सम्भव भएकोले पनि बिदेश भन्दा नेपाल नै ठिक हुने बुद्धिरामको तर्क छ ।
बुद्धिराम सिप, ज्ञान र मेहनतलाई ठुलो मान्छन् । आफुले सिकेको सिप र ज्ञान त्यसमा पनि युवा तथा साना व्यवसायी सोरोजगार कोषको ऋण साहायताले गर्दा आफु स्वारोजगार भएकोमा उनि खुसी छन् । आफु जस्तै ऋण लिन चाहने र सिप सिकेर स्वदेशमै केहि गर्छु भन्ने युवाहरुले पनि ऋण लिएर केहि उन्नत व्यवसायमा लाग्न समेत बुद्धिराम सल्लाह दिन्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*