१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।
सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएरको सूचना पाए लगतै प्रहरीले उनिहरुको खोजतलास सुरु गरेको थियो ।
सिनामंगलस्थित एक घरमा बसेको अवस्थामा छापा हानेर उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
यो संगै गैरकानुनी रूपमा नेपाल भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा बनाउँदै लगेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*