१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सागको मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने तयारी गरिदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन समारोहमा नेपालको झण्डा पारस खड्काले बोक्ने तयारी थालिएको छ ।
मंसिर १५ गते हुने उद्घाटन समारोहमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपालको झण्डा बोकेर मार्चपास गराउने तयारी थालिएको सागको प्राविधिक उपसमितिले जनाएको छ । उपसमितिले गरेको सिफारीस माथिल्लो तहले मनुमोदित गरेपछी पारसले नेपालको भण्डा बोक्ने निश्चित हुने छ ।
संसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिता काठमाडौं, पोखरा र जनकपुरमा हुने छ ।
सागको आइतबार दशरथ रंगशालामा विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगितामा भाग लिन साग देशका पाकिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स, भुटान, श्रीलंकाका झण्डै पाँच हजारको संख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी नेपाल आउँदै छन् ।
सुरक्षा, स्वंम सेवक र व्यवस्थापनको सम्पुर्ण तयारी पुरा भै सकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*