११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

सर्वोच्चमा नियुक्तिका लागि ५ र उच्चमा १८ न्यायधीश सिफारिस

१९, चैत्र, काठमाडौँ । न्यायपरिषद्को मंगलबार (आज) बसेको बैठकले सर्वोच्चमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
सर्वोच्च अदालतमा रिक्त न्यायधीशको नियुक्तिका लागि न्यायपरिषद्को बैठकले ५ न्यायाधीशको नाम सिफारिस गरेको हो ।
त्यस्तै बैठकले उच्च अदालतमा पनि १८ न्यायधिश सिफारीश गरेको छ ।
सिफारिस हुनेहरुमा किरण पौडेल, महेन्द्र नाथ उपाध्याय, रमेश ढकाल, निलम पौडेल, राजेश कुमार कफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर्मा रहनु भएको छ ।
त्यस्तै सिफारिस हुनेहरुमा महम्मदजुनेद आजाद, बालमुकुन्द दवाडी, नागेन्द्रलाल कर्ण, जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, बिमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ला, नबराज थपलिया सिफारिसमा पर्नु भएको न्यायपरिषदले जनाएको छ ।
उच्च अदालत बिराटनगरका कार्यरत माननिय न्यायधिश उमेशराज पौडेल २०७६ बैशाख ३ गतेबाट निबृत्त भई जाने भएकाले सोही मितिबाट अञ्जु उप्रेती ढकाललाई सिफारिस गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*