१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : मुख्यमन्त्री शाही

२१,फाल्गुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको टोलीसँग मंगलबार (आज) भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन् ।
सरकारले आफ्नै मिडिया सञ्चालन गरेर सामुदायिक तथा निजी मिडिया बन्द गर्न नखोजेको बरु सरकारी मिडियाले सबै सञ्चारमाध्यमको नेतृत्व गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए । सञ्चार माध्यम सञ्चार नीति र मर्यादाबाट बाहिर जान नहुने बताउन्दै मुख्यमन्त्री शाहीले सञ्चारमाध्यमको विषयमा बृहत बहसको खाँचो रहेको बताए । उनले देश एक जुट भएर बिकास निर्माणलाई अगाडी बढनु पर्ने यो समयमा मिडियाले राष्ट्रियताका सवालमा कलम चलाउनुपर्नेमा जोड दिए ।
भेटमा महासङ्घका महासचिव रमेश विष्टले सम्पादकीय स्वतन्त्रता हुने गरी सञ्चारमाध्यम सञ्चालन हुनुपर्नेमा र यसमा राज्यको सहयोग हुनुपर्नेमा जोड दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*