६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

सरकारमै बसेर काम गर्ने : उपप्रम यादव

३, चैत, विराटनगर । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्नो पार्टि सरकारमै बसेर रचनात्मक काम गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आईतबार (आज) सञ्चारकर्मी सँग संक्षिप्त कुरा गर्दै उपप्रम यादबले बर्तमान सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका हुन् । आफ्नो पार्टी बर्तमान सरकारमै बसेर रचनात्मक काम गर्दै जाने जानकारी दिदै उपप्रम यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको अभिव्यक्ति दिए ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादबले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको भन्दै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पारे ।
राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य निभाएको भन्दै त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ त्यसैले राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन नपाइने उनको भनाई थियो ।
सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय रहेको उपप्रम यादबको तर्क थियो । उहाँले सिके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल भएको बताए ।
उपप्रम यादबले प्रदेशमा रहेका अतिविशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको बताउँदै यसबाट प्रदेशको अधिकार नखोसिएको बताए । उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमिताका सम्बन्धमा विगतको सरकारले छानबीन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*