८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

समाजमा उदाहरणीय बन्दै नन्दी सेवा स्थल

विनिता सुवेदी

बिहान देखि बेलुका सम्म गाईसंगै लुटुपुटु गर्नु उनको दिनचर्या । नजिक बस्दा हरक्क गोबरको गन्ध आउँछ । उनि आफुलाई गोठालो भन्न रुचाउँछन् । बिहानै उनि बस्ने स्थानमा पुग्दा गाईको गोबर सोहोरी रहेका भेटिन्छन् । अनि के खुवाउने बिहानै बाट चटारो सुरु भैहाल्छ उनलाई । काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा न.६ स्थायी घर हो आर.बि. न्यौपानेको । अहिले उनि काठमाडौको पशुपति क्षेत्र बिकास कोषले उपलव्ध गराएको जग्गामा आफ्नो झण्डै एक सय सदस्य रहेको परिवारमा संगै बस्दछन् । उनको परिवरमा गाई र बाच्छा बच्छी छन् । आफ्नो आमालाई जस्तै माया गर्छन् ति गाई बाच्छा बाच्छीलाई उनि ।
आर.बि.ले गाईको पालन पोषण गर्ने संस्थाको नाम हो नन्दी सेवा स्थल । २०७१ सालमा यो नन्दी सेवा स्थल नाम राखेर औपचारिक संस्थाको स्थापना गरेर गाईको सेवा गर्दै आईरहेका छन् न्यौपानेले ।
आर.बि.को एउटै उद्देश्य छ, नन्दी सेवा स्थल अन्तगर्त मठ मन्दिर गाईबाच्छा बचाउ समाज विकास अभियानबाट सड्कमा भेटिएका बेवारीसे गाई को पालन पोषण र सेवा गर्नु ।
बाटोमा यदा कता हिड्दा घाईते तथा बेवारीसे गाई भेट्ना साथ नन्दी सेवा स्थलमा ल्याई हाल्छन उनि । कतै सडकमा हिडिरहेको बेला वेवारीसे, घाइले गाई देख्ना साथ उनलाई पीडा हुन्छ रे ।
न्यौपाने भन्छन् पृथ्वी सबैको साझा सम्पत्ती हो । सबै प्राणी बाच्न पाउनु पर्छ भन्ने उनको सोच छ र्र्र्र्र्। गाईबाट दुध तथा सेवा पाउँदा सम्म लिने अनि त्यसबाट फाईदा नहुने देखिए पछि सडक तथा यत्रतत्र बेवारीसे अवस्थामा छोडने मानिस देखेर आफुलाई रिस उठ्छ” न्यौपाने भन्छन् ।
२०७१ साल पहिले एक दिन पशुपति मन्दिर नजिकै व्यवारीसे गाई देखेर उनलाई दया लाग्यो । बिस्तारै त्यस्ता बेवारीसे गाईको सेवा गर्न उनको मन पलयर आयो र गाईको सेवा गर्ने कार्य सुरु गरेको सम्झन्छन् न्यौपाने । सुरुको बर्षमा त उनले सडकमा नै गाईवस्तुको स्याहार गरे । घाइते, विरामी गाई बाच्छा लाई औषधी गर्ने काम गरे ।


त्यतिले आर.बि.को चित्त बुझेन । बिरामी र बेवारीसे गाईको सेवाका लागि संस्था आवस्थक पर्ने महसुस गरे उनले । २०७१ सालमा नन्दी सेवा स्थल नाम राखी विधिवत रुपमा संस्था दर्ता गरि गाई बाच्छा पालन पोषण गर्न सुरु गरेको उनि बताउँछन् ।
सुनमा सुगन्ध भने झै न्यौपानेले सुरुवात गरेको गाईको सेवालाई मध्यनजर गरि गाईलाई बस्ने वासका लागि पशुपति क्षेत्र विकास कोषले जग्गा उपलव्ध गराई दियो । तर खाने कुरा जुटाउन उनलाई गाहे थियो । आफुसंग भएको केहि रकम बाट गाई पाल्ने तथा गाईका लागि आहारा जुटाउने काम सुरु गरे ।
सुरुका दिनमा पशुपति बिकास कोषले उपलव्ध गराएको गोठ सम्म बेवारीसे गाईलाई आफ्नो मोटरसाइकलमा डोरीले बाधेर ल्याउने गरेको उनि बताउछन् । सडकमा वेवारीसे अवस्थामा रहेका ५ वटा गाई बाट पाल्न सुरु गरेको नन्दी सेवा स्थलमा अहिले एक सय बढि गाई तथा बाच्छा बान्छि छन् ।
न्यौपानेले लागि गाई बाच्छा पाल्नु भनेको आफ्नो आमा पाले सरह हो रे । घर परिवारको पालन पोषण गर्न घर मुलीलाई जति तनाव हुन्छ, त्यहि प्रकारको तनाव आफुलाई रहेको न्यौपाने बताउँछन् । तर गाई र बाच्छा बाच्छिले पेटभरी खान पाउँदा आफुलाई छुट्टै आनन्दको महसुस हुने उनको भनाई छ ।
कहिले काहि गाई बाच्छा विरामी हुदा उनलाई आफ्नै परिवारका सदस्यहरु विरामी भएको जस्तै हुन्छ रे । घरका सदस्य बिरामी हुँदा अस्पताल लगे झै गाई बिरामी हुँदा उनी औषधी उपचारका लागि डाक्टरलाई बोलाउन जान्छन् । नियमीत डाक्टरको निगरानीमा गाई बाच्छाहरुको पालन पोषण गर्दै आएका छन् । गाईबाच्छाको पेट भरियो भने मात्र आफुले खाने गरेको उनको भनाई छ ।
अहिले गाई पालन सेवा बिभिन्न सहयोगी मनहरुले गरेको सहयोग बाटै चलिरहेको छ । एउटा गाडी पनि छ नन्दी सेवा स्थाल संग । त्यस गाडिलाई गाईवस्तु संकलन गर्न र घाँस, पराल ओसार पसार गर्नका लागि प्रयोग गर्ने गरेको बताउँछन आर.बि. न्यौपाने । आफु सहित ४ जना व्यक्तिको सहयोगमा गाई बाच्छाको पालन पोषण गर्दै आएका छन् उनले ।
“सानो गोठ भएकाले सडकका अरु गाई बाच्छालाई पाल्न नपाउँदा दुःख लागेको” न्यौपानेको भनाई छ । सरकारी निकाय, संघ संस्था तथा कुनै व्यक्तिहरुको सहयोग पाएमा सडकका सबै गाईबस्तु पाल्ने जिम्मा आफुले लिने आफुसंग आँट रहेको न्यौपाले बताए ।
प्राणीको स्याहार गर्न पाउँदा ठुलो खुसी प्राप्ती गरेको ठान्ने आर.वि. न्यौपानेलाई आर्थिक समस्याका कारण सबै सड्कका गाईबाच्छाको पालन पोषण गर्न नपाउदा कता–कता नरमाइलो लाग्ने गरेको छ ।


यत्र तत्र छोडिएका बेवारीसे गाई वस्तुका कारण काठमाडौंमा मात्रै बर्षेनि सैयौं दुर्घटना हुने गर्दछन् । कति मानिसको ज्यान नै जाने गरेको छ ।
बेवारीसे गाई बस्तु छोडने मानिस कानुनी दायरामा ल्याउनु राज्यको दायित्व हो । त्यस्तै आर.बि. न्यौपाने जस्ता गाई बस्तु सेवकलाई आर्थिक तथा भौतिक सहयोग गरे हाल राज्यले कल्पना गरिरहेको सुरक्षित, स्वस्थ्य र सुहाउँदो स्माट सिटि निर्माणमा एक ईटा थपिएको महसुस हुने थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*