१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सफाइ पाए पूर्वसभामुख कृष्णबहादुर महराले

काठमाडौँ । बलात्कार सम्वन्धी मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार महरालाई सफाई दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाल लगायत वकिलहरूले जवाफ दिएका थिए । जिल्ला अदालतले महराविरुद्ध अभियोगमा सम्वन्धीत पक्षको दाबी नपुग्ने भन्दै सफाइ दिएको बताईएको छ ।
संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । बलात्कारको आरोप लागेका महराले असोज १४ गते सभामुख पदवाट राजिनामा दिएका थिए । महरालाई कार्तिक १८ गते जिल्ला अदालत काठमाडौले सोहि आरोपामा पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको थियो ।
यसै बिच महरा आजै जेल मुक्त हुदैछन् । सम्पुर्ण प्रकृया पुरागरी महरालाई सोमबार नै जेलमुक्त गर्न लागिएको बताईएको छ । जेल मुक्त हुन लागेका महरालाई उनका शुभ चिन्तक तथा आफन्तले जेल अगाडि स्वागत गर्ने कार्यक्रम रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*