१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

सपनाको चरित्रहत्या गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ

बीबीसीको विश्वकै शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या गरेको र सार्वजनिकरुपमा धम्की दिएको आरोपमा प्रहरीले बिनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सपनाको उजुरीका आधारमा पक्राउ गरिएको जनाएको छ ।

नयाँ बसपार्कबाट उनलाई भर्खरै मात्र पक्राउ गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी अशोक सिंहले जानकारी दिए । उनले नयाँ बसपार्क गोंगबुबाट पक्राउ गरेर टेकु ल्याउन लागिएको बताए ।

पशुपति आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएका दुवैजनाबीच सपना बीबीसीको सूचीमा परेपछि मनमुटाव भएको थियो ।

बस्नेत बिभिन्न विषयमा युट्युब च्यानलमा उत्तेजक र भ्रामक वक्तव्यबाजी दिएर भाइरल हुन खोजिरहेका व्यक्ति हुन् । उनले सपनाका नांगा तस्वीर र आपत्तिजनक भिडियो आफूसँग रहेको र ती सार्वजनिक गरिदिने धम्की दिएपछि सपना प्रहरी समक्ष पुगेकी थिइन्

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*