१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

संसद् विघटनको तैयारी, मुलुकमा संकट आउन थालेको बिज्ञहरुको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गर्ने प्रस्ताव गरेको छ ।
संसद् विघटनका लागि मन्त्रीपरिषद बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने बिषयमा समेत छलफल गरेको स्रोतले बताएको छ ।
यसअघि सरकारले सत्तारुढ पार्टी तथा मन्त्रीहरुलाई समेत जानकारी नदिई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी जारि गरेपछी नेपाली राजनीतिमा हलचल मच्चिएको छ । यसरी ल्याईएको आध्यादेश सत्तारुढ नेकपामै चर्को बिरोध हुदै आएको थियो ।
बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने समहती गरेपनि निर्णय फिर्ता नलिई संसद विघटन तर्फ अगाडी बढेको स्रोतले बतायो ।
यसै बिच संसद् विघटनको सिफारीसले मुलुकमा संकट आउन सक्ने बिज्ञहरुले चेतावनी दिएका छन् । लोकतन्त्रलाई नै धरापमा पर्ने गरि बर्तमान सरकारले चालेको कदम नेपाली जनताको हित विपरीत हुने र त्यसले प्रतिगामी तत्वलाई फाईदा पुग्ने समेत बिज्ञहरुको दावी छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*