१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

संविधान अनुसार संसद जिवित नै छ : जनार्दन शर्मा


नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद्‍ जिवित रहेको बताएका छन्। सामाजिक सञ्‍जाल ट्‍वीटरमा शर्माले संविधान अनुसार संसद जिवित नै भएको बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्‍ विघटन गरेर चुनावको मिति तोके पनि शर्मा भने संविधान अनुसार संसद्‍ जिवित रहेको बताएका हुन्।

नेकपाभित्रको विवादका कारण प्रधानमन्त्री ओलीले संसद्‍ विघटन गरेका छन्। संसद् विघटन गरेप्रति नेकपाका कार्यकारी अध्यक्ष पष्पकमल दाहाल, माधवकुमार नेपाल समूहले भने विरोध गरिरहेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*