संविधानले गुहार गुहार भनिरहेको छ : रामनारायण विडारी
राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले अहिले नेपालको संविधाननै संकटमा रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सरकारको कदमले संविधाननै संकटमा पुगेको बताए ।
बिडारीले संविधानमा संसद विघटनको प्रावधाननै नरहेको भन्दै प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिले संसद विघटन गराउँदा संविधानले गुहार गुहार भनेको टिप्पणी गरे ।
बिडारीले ताजा जनादेश संविधानअनुसार हुने भन्दै प्रधानमन्त्रीको हुकुमी शासन लागु हुने अवस्था नहुने बताए । उनले संवैधानिक संकट उत्पन्न गराउने प्रधानमन्त्रीको कदम अपराध भएको भन्दै संविधान जोगाउन अनुरोध गरे ।