६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

शुक्रबारको रिलिज ”शुभ लभ” र ”साइँली” बिच प्रतिशप्रर्धा

सानो बजार रहेको नेपाली फिल्मी इन्डस्ट्रिजमा शुक्रबार (आज) बाट फेरी दुई फिल्मले प्रतिशप्रर्धा गर्दै छन् ।
शुक्रबार (आज) को रिजिमा ‘साइँली” र ‘शुभ लभ” एकै साथ रिलिजमा आएका छन् । शुक्रबार रिलिज हुने नेपाली फिल्म अन्तर्गत यि दुई फिल्म एकै साथ प्रतिशप्रर्धा गर्दै रिलिजमा आएका हुन ।
साइँली”
गौरव पहारी र मेनुका प्रधानको मुख्य भूमिकामा रहेको फिल्म साइँलीमा परिवारलाई खुसी दिन परदेशिएका श्रीमान र उनलाई गाउँमा कुरेर बसेकी श्रीमती बीचको कथालाई समेटेर निर्माण गरिएको छ ।
फिल्ममा चर्चित अनुहार दयाहाङ राई, माओत्से गु?ङ, प्रकाश घिमिरे, अ?ण कार्की लगायतले अभिनय गरेका छन । भने रामबाबु गु?ङले निर्देशन गरेका छन् ।
झण्डै दुई बर्ष अघि हेमन्त राणाले गायको गीत सुन साँईलीले नेपाली गीत संगितको बजार पिटेको थियो । बिहे गरेर श्रीमतीलाई घरमै छोडेर बिदेशीदाको पिडा र टाढाबाट गरिएको माया र सम्झना कस्तो हुन्छ भन्ने कथालाई गौरब पहाडी र मेनुका प्रधानले गीतमा अभिनय मार्फत देखाएका छन् । सोहि सेरो फेरोलाई फिल्मको कथामा ढाली फिल्म साईली निर्माण भै रिलिजमा आएको छ ।


‘शुभ लभ”
रियल ज्योतिष झै ज्योतिस कै भुमिका निर्वाह गरेर फिल्म शुभ लभमा डेब्यु गरेका युवा ज्योतिष हरिहर अधिकारीले फिल्म शुभ लभ राम्रो भएको बताउँछन ।
प्रदीप कुमार उदयको प्रस्तुति रहेको फिल्ममा, धर्मराज शर्मा (सुवेदी) लगायतले लगानी गरेका छन ।
फिल्ममा अधिकारी संगै क्रिष्टिन पौडेल, डाक्टर सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोला लगायतका चर्चित पुराना तथा नयाँ कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका छन् ।
एकै साथ रिलिजमा आएका यि दुई फिल्मका निर्माता आफ्नो फिल्म राम्रो भएको र राम्रो व्यापार गर्नेमा ढुक्क जस्तै देखिन्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*