११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न ट्रम्पलाई मोदीको आग्रह


अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको भारतका प्रधानमन्त्री मोदीले दुःख व्यक्त गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत लोकतान्त्रिक प्रक्रियामा गैरकानूनी विरोधको अनुमति नहुने स्पष्ट पारेका छन् । यसैबिच विश्वका शिर्ष नेताले पनि ट्रम्पको कदमको विरोध गरेका छन्।

अमेरिकाको संसद भवन क्यापिटल हिलमा राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले तोडफोड गरेका छन्। जो बाइडेनको विजयी घोषणा गर्न आयोजित विशेष बैठकमा ट्रम्प समर्थकहरु सुरक्षा घेरा तोडेर प्रवेश गरेका थिए।

चुनावी परिणाम रोक्न नाराबाजी गर्दै पुगेको भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*