१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

विशेष कार्यक्रम गरी ७० औं प्रजातन्त्र दिवस मनाईयो ।

काठमाडौं । सरकारले ७० औं प्रजातन्त्र दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झना स्वरुप हरेक वर्षको फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आईएको हो ।
काठमडौंको सैनिक मञ्च टुडिखेलमा सम्पन्न कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभमुख अग्नि प्रसाद सापकोटा लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लागएतले आ–आफ्ना कला कौसल प्रदर्शन गरेका थिए भने नेपालको विविधता झल्काउने खालका विभिन्न सांस्कृतिक झलकहरु समेत प्रदर्शन गरिएको थियो ।

यसैविच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गरोस भन्दै सम्पुर्ण नेपालीलाई शुभकामना दिएकी छन् ।
जनाताको चाहाना पुरा गर्न आजको दिनले प्रेरित गरोस भन्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्दै मुलुकलाई आगाडी बढाउन उत्प्रेरणा मिलोस भन्ने कामना गरीन् ।

त्यस्तै प्रधानमन्त्री केपि शर्मा ओलिले कार्यक्रमलाई सम्बोधन गर्दै सकारात्मक लक्ष्यका साथ समृद्धिको यात्रा अगाडी बढिरहेको जानकारी गराए ।
आगामि दिनमा दिगो लक्ष्य हासिल गर्ने दाबी गरेका प्रधानमन्त्री ओलिले १० बर्ष भित्र नेपाली जनताले नयाँ समृद्धिको अनुभुति गर्न पाउने बिश्वास दिलाए ।
बर्तमान आवस्थामा कुटनीतिक सम्बन्धमा नेपालले राम्रो फड्को मारेको बताउँदै ओलिले विश्वमञ्चमा मुलुकको नाम सुनिन थाल्नु सकारात्क कुरा रहेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*