१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

वामपन्थी चिन्तक सोनाम साथीको निधन

वामपन्थी चिन्तक सोनाम साथीको निधन भएको छ। उनको उपचारको क्रममा शुक्रबार राति काठमाडौ मोडल अस्पतालमा निधन भएको हो।

मिर्गौलाको विरामी रहेको सोनामलाई कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गरिएको थियो। कोरोना मुक्त भए पनि उनमा निमोनियाको संक्रमण देखिएपछि मोडल अस्पतालमा भर्ना गरिएको थियो।

कम्युनिस्ट सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने एक सरल नेताको रूपमा उनलाई चिनिन्छ।  

माओवादी र एमाले एकता अघि उनी माओवादीको पोलिटब्यूरो सदस्य थिए। एकता पछि उनी कुनै जिम्मेवारीमा थिएनन्। उनी योग अभ्यासमा समेत निपूर्ण थिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*