१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

वाणिज्य बैंकको खुद नाफा १ अर्ब ७४ करोड

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्षको दोस्रो त्रैमासम्मममा बैंकले १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ ।  गत वर्षको यस अवधिमा बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । 

यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल सञ्चालन आम्दानी ४ अर्ब ६५ करोड तथा खुद सञ्चालन आम्दानी ४ अर्ब ५० करोड, सेयरधनी कोष २५ अर्ब ४७ करोड,  लगानी ७४ अर्ब ५८ करोड पुगेको छ ।

दोस्रो त्रैमाससम्ममा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको छ । गत वर्षको सोही अवधिको बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित वृद्धि भएको हो ।

पूँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेडदर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिक प्रतिसेयर आम्दानी ३८.८४ रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*