८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

लोकसेवा आयोगले पदपूर्तिकालागि ठुलो संख्यामा आवेदन माग्यो ।

१५, जेठ, काठमाडौं । कर्मचारीको अभाबलाई मध्यनजर गर्दै लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
बुधबार (आज) सूचना प्रकाशित गरेर आयोगले नौ हजार स्थानीय तहमा रिक्त रहेका पदहरू पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन आव्हान गरेको हो ।
चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ मागिएको कर्मचारी प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ति गरिने छ ।
अनलाइनमार्फत आवेदन दिन सकिने गरी प्रकाशित सूचनाको म्याद आउँदो असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म तोकिएको प्रकाशित सूचनामा उल्लेख छ ।
कर्मचारी समायोजन पछि स्थानिय तहमा १६ हजार २ सय ६२ कर्मचारी अभाब रहेको छ ।
प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*