१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै क्षेत्रको सहयोग आवश्यक : प्रम. देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताएका छन् ।
‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा सहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा बिहिबार जारी सन्देशमा प्रधानमन्त्री देउवाले त्यस्तो कुरा बताएका हुन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालमा पनि सङ्घ, प्रदेश र स्थानीय तह लगायत सम्बन्धित सरोकारवाला निकायलाई प्रभावकारी रुपले मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् भन्ने प्रधानमन्त्री देउवाले कामना समेत गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*