१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

लुक्लामा भएको हवाई दुर्घटनामा ३ को ज्यान गयो

१, बैशाख, काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आईतबार बिहान भएको हवाई दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा समिट एयर विमानका कोपाईलट सुदिप ढुङ्गाना, एयरपोर्ट सुरक्षामा खटिएका प्रहरी सहायक निरिक्षक रामबहादुर खड्का र रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको छ । ढुङ्गाना र खड्काको घटना स्थलमै र श्रेष्ठको उपचारकालागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको हो ।
दुर्घटनामा विमानका पाईलट रबिन्द्र रोकाय गम्भिर घाईते भएका छन् । उनलाई उपचारकालागि काठमाडौ ल्याईएको छ । एयर होसटेज आर लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।
बिहान ९ः२० मा लुक्लाबाट रामेछापका लागि उडान भर्न लागेको समिट एयरको नाइन एनएएमएच कल साइनको विमान धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका मनाङ र श्री एयरका दुई वटा हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।
लुक्ला एयरपोर्ट नेपालको सबैभन्दा जोखिम युक्त एयरपोर्टमा पर्दछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*