६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

लिभरपुललाई स्तब्ध पारेर म्यानचेस्टर युनाइटेड अर्को चरणमा

लिभरपुललाई स्तब्ध पारेर म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३–२ ले पराजित गरेको हो ।

लिभरपुलका लागि मोहम्मद सालहले १८ र ५८ औँ मिनेटमा गोल गरे । मासन ग्रीनवुडले म्यानचेस्टर युनाइटेडका लागि २६ औँ मिनेटमा बराबरी गोल गरे ।

४८ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका हुन् । ७८ औँ मिनेटमा ब्रुनो फेर्नान्डेसले गरेको गोलले युनाइटेडलाई जित दिलायो र अघिल्लो चरणको यात्रा तय भयो ।

आइतबार राति नै भएका खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ तथा चेल्सीले लुटनलाई पनि ३–१ ले नै पराजित गरे । अरु खेलमा बर्नलीले फुलह्याम तथा एभर्टनले शेफिल्ड वेइनस्डेलाई समान ३–० ले पराजित गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*