७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

ला लिगामा मेस्सीको गोलले बार्सिलोनालाई जीत

लियोनल मेस्सीको गोलमा बार्सिलोनाले ला लिगामा लेभान्तेलाई हराएको छ । आईतबार राति नाउ क्याम्पमा बार्सिलोनाले रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेमाथि १–० को कठिन जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा मेस्सीले विजयी गोल गरे ।

डी जोङले उपलब्ध गराएको पासमा मेस्सीले गोल गरेका हुन् । प्रशिक्षक रोनाल्ड कोम्यानले मार्टिन ब्रेथवेट, जोर्डी अल्बा, एन्टोनी ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारेका थिए ।

लेभान्तेका गोलकिपर एटोर फर्नान्डेजले उत्कृष्ट प्रर्दशन गर्दै बार्सिलोनालाई निराश बनाएका थिए । बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको हो । उसले तालिकामा दुई स्थान सुधार गरेको छ । गत हप्ता कार्डिजसंग पराजित बनेको बार्सिलोनाले च्याम्पियन्स लिगमा समेत युभेन्ट्ससंग ३–० को पराजय भोगेको थियो ।

युभेन्ट्ससंगको हारले बार्सिलोना समूह उप विजेताको रुपमा च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको थियो । लियोनल मेस्सीले यस सिजन ९ गोल पुरा गर्दा लेभान्ते तालिकाको १८ औं स्थानमा रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*